लुम्बिनीमा दर्शनार्थीले आफ्नो मनले चढाएका विदेशी नोट अब राष्ट्र बैंकले साट्ने

लुम्बिनीमा दर्शनार्थीले आफ्नो मनले चढाएका विदेशी नोट अब राष्ट्र बैंकले साट्ने : Icon Khabar

भैरहवा, चैत २३ । लुम्बिनीमा दर्शनार्थीले उपहारस्वरूप आफ्नो मनले चढाएका विदेशी नोट अब साट्ने भएका छन् । नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच लामो समयदेखि सटही नरहेको विदेशी नोट साट्ने सम्झौता भएको छ ।

कोषका कोषाध्यक्ष धुण्डीराज भट्टराई र नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका कार्यवाहक निर्देशक शान्तिप्रसाद पाण्डेले बुधबार विभिन्न २० देशको विदेशी मुद्रा साट्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

लुम्बिनीमा भेटी र चन्दास्वरूप सबैभन्दा बढी विदेशी मुद्रा म्यानमारको रहेको एलडीटीका कोषाध्यक्ष भट्टराईले बताए । उनले श्रीलंका, मेक्सिको, इराक, ब्रुनाई, लेबनान, पेरु, युगान्डा, भियतनाम, बंगलादेश, इन्डोनेसिया, ओमानलगायतका देशका नोट पनि सङ्कलनमा रहेको बताए ।

मायादेवी मन्दिरमा चन्दा र भेटीका रुपमा छाडिएका यी विदेशी नोट राष्ट्र बैंकले जारी गरेको परिवर्तनीय मुद्राको सूचीमा नपरेकाले वर्षौंदेखि अलपत्र परेका छन् ।

कोषले समय समयमा यी नोट साट्न पहल गरेको भए पनि राष्ट्र बैंकको परिवर्तनीय विदेशी मुद्राको सूचीमा नभएकाले सटही हुन सकेको छैन ।

नेपाल राष्ट्र बैंक र कोषबीच यी विदेशी नोटहरू सटहीका लागि सम्झौता भएसँगै आर्थिक वर्ष २०७४/७५ देखि सटही हुन बाँकी रहेको करिब ७४ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा सटहीको प्रक्रियामा जानेछ ।

‘राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रुपन्देही आउँदा लुम्बिनीमा आउने पर्यटकले चन्दा वा भेटीस्वरूप दिने विदेशी मुद्रा अलपत्र परेको विषय उठाएका थियौं, यस विषयमा ध्यानाकर्षण गराउँदै उहाँलाई ज्ञापनपत्र पनि बुझाएका थियौं । नेपाल राष्ट्र बैंकले यो विदेशी मुद्रा साट्ने सैद्धान्तिक रुपमा पुगेको छ,’ कोषका कोषाध्यक्ष भट्टराईले भने ।

ट्रष्टले संकलन गरेका ३९ देशका विदेशी नोट सटहीका लागि राष्ट्र बैंकमा पठाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू