लुम्बिनीमा दर्शनार्थीले आफ्नो मनले चढाएका विदेशी नोट अब राष्ट्र बैंकले साट्ने

लुम्बिनीमा दर्शनार्थीले आफ्नो मनले चढाएका विदेशी नोट अब राष्ट्र बैंकले साट्ने : Icon Khabar

भैरहवा, चैत २३ । लुम्बिनीमा दर्शनार्थीले उपहारस्वरूप आफ्नो मनले चढाएका विदेशी नोट अब साट्ने भएका छन् । नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच लामो समयदेखि सटही नरहेको विदेशी नोट साट्ने सम्झौता भएको छ ।

कोषका कोषाध्यक्ष धुण्डीराज भट्टराई र नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका कार्यवाहक निर्देशक शान्तिप्रसाद पाण्डेले बुधबार विभिन्न २० देशको विदेशी मुद्रा साट्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

लुम्बिनीमा भेटी र चन्दास्वरूप सबैभन्दा बढी विदेशी मुद्रा म्यानमारको रहेको एलडीटीका कोषाध्यक्ष भट्टराईले बताए । उनले श्रीलंका, मेक्सिको, इराक, ब्रुनाई, लेबनान, पेरु, युगान्डा, भियतनाम, बंगलादेश, इन्डोनेसिया, ओमानलगायतका देशका नोट पनि सङ्कलनमा रहेको बताए ।

मायादेवी मन्दिरमा चन्दा र भेटीका रुपमा छाडिएका यी विदेशी नोट राष्ट्र बैंकले जारी गरेको परिवर्तनीय मुद्राको सूचीमा नपरेकाले वर्षौंदेखि अलपत्र परेका छन् ।

कोषले समय समयमा यी नोट साट्न पहल गरेको भए पनि राष्ट्र बैंकको परिवर्तनीय विदेशी मुद्राको सूचीमा नभएकाले सटही हुन सकेको छैन ।

नेपाल राष्ट्र बैंक र कोषबीच यी विदेशी नोटहरू सटहीका लागि सम्झौता भएसँगै आर्थिक वर्ष २०७४/७५ देखि सटही हुन बाँकी रहेको करिब ७४ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा सटहीको प्रक्रियामा जानेछ ।

‘राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रुपन्देही आउँदा लुम्बिनीमा आउने पर्यटकले चन्दा वा भेटीस्वरूप दिने विदेशी मुद्रा अलपत्र परेको विषय उठाएका थियौं, यस विषयमा ध्यानाकर्षण गराउँदै उहाँलाई ज्ञापनपत्र पनि बुझाएका थियौं । नेपाल राष्ट्र बैंकले यो विदेशी मुद्रा साट्ने सैद्धान्तिक रुपमा पुगेको छ,’ कोषका कोषाध्यक्ष भट्टराईले भने ।

ट्रष्टले संकलन गरेका ३९ देशका विदेशी नोट सटहीका लागि राष्ट्र बैंकमा पठाइने उनले बताए ।

Published Date: 06 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु