स्थानीयद्वारा चीनको किमाथाङ्का नाका खोल्न माग

स्थानीयद्वारा चीनको किमाथाङ्का नाका खोल्न माग : Icon Khabar

काठमाडौं, चैत २३ । संखुवासभाको किमाथाङ्कामा रहेको नेपाल–चीन सीमा नाका पुनः खोल्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको छ ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछोडर भोटले बुधबार प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् । कोभिड–१९ को महामारी फैलिएपछि विगत तीन वर्षदेखि नाका बन्द रहेको छ ।

लामो समयदेखि किमाथाङ्का नाका बन्द हुँदा भोटखोलावासीले सास्ती भोग्नु परेको अध्यक्ष भोटले बताए । संखुवासभाको सदरमुकाम खाँदबारी पुग्न भोटखोलाका बासिन्दा चारदेखि पाँच दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ ।

भोटले प्रधानमन्त्री दाहाललाई जतिसक्दो चाँडो नाका खोल्न पहल गर्न आग्रह गरेको बताए । लामो समयदेखि नाका बन्द हुँदा जनताको दैनिकी प्रभावित भएको र भोकमरी पर्न सक्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको भोटले बताए ।

सो अवसरमा दाहालले नाका खोल्नका लागि आवश्यक पहल गर्ने आश्वासन दिए।

Published Date: 06 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग