स्थानीयद्वारा चीनको किमाथाङ्का नाका खोल्न माग

स्थानीयद्वारा चीनको किमाथाङ्का नाका खोल्न माग : Icon Khabar

काठमाडौं, चैत २३ । संखुवासभाको किमाथाङ्कामा रहेको नेपाल–चीन सीमा नाका पुनः खोल्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको छ ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछोडर भोटले बुधबार प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् । कोभिड–१९ को महामारी फैलिएपछि विगत तीन वर्षदेखि नाका बन्द रहेको छ ।

लामो समयदेखि किमाथाङ्का नाका बन्द हुँदा भोटखोलावासीले सास्ती भोग्नु परेको अध्यक्ष भोटले बताए । संखुवासभाको सदरमुकाम खाँदबारी पुग्न भोटखोलाका बासिन्दा चारदेखि पाँच दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ ।

भोटले प्रधानमन्त्री दाहाललाई जतिसक्दो चाँडो नाका खोल्न पहल गर्न आग्रह गरेको बताए । लामो समयदेखि नाका बन्द हुँदा जनताको दैनिकी प्रभावित भएको र भोकमरी पर्न सक्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको भोटले बताए ।

सो अवसरमा दाहालले नाका खोल्नका लागि आवश्यक पहल गर्ने आश्वासन दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2023
Website | + posts


ताजा
देउवा, ओली र प्रचण्डलाई राष्ट्रपतिको सन्देश : कार्कीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्दै छु
शनिबारसम्म लम्बियो काठमाडौं उपत्यकाको निषेधाज्ञा र कर्फ्यु
आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक