बालाजु २२ धारा मेलामा भक्तजनको भिड

बालाजु २२ धारा मेलामा भक्तजनको भिड : Icon Khabar

काठमाडौं, चैत २३ । चैत शूक्ल पूर्णिमा दिन बिहिबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजु स्थित बाइसधारामा विशेष मेला लागेको छ । यस दिनलाई नेवारहरू ल्हुतिपुन्हिको रूपमा मनाउने गर्दछन् । मेलाका अवसरमा बिहिबार बाइसधारामा भक्तजनको घुँइचो लागेको छ । मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवन लगायतका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु बाइसधारा आउने गर्दछन् ।

मल्लकालीन राजा जयप्रकाश मल्लले नेपाल सम्वत् ८७५ मा बालाजुमा २१ धारा निर्माण गरेका थिए । पछि १८५५ सालमा राजा रणबहादुर शाहले एउटा धारा थपेर २२ पुर्‍याएका थिए । उत्त धारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्दछ । यस दिन बालाजु बाइस धाराको पानीले स्नान गरे पाप पखालिने, रोग निको हुने र चिताएको पूरा हुने धामिर्क विश्वास रहिआएको छ ।

बालाजु काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्दछ। यस स्थानलाई नेवारहरू ल्हुति भन्ने गर्दछन्। नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल फल्ने गरेको र ती फलको रस मिसिएर त्यहाँबाट बग्ने पानीमा मिसिई बाइसधारामा आउने भएकाले विशेषगरी छालासम्बन्धी रोग निको पार्न त्यहाँ नुहाउने गरिएको हो भन्ने भनाइ छ। किनभने त्यस फलमा रोगसँग लड्न सक्ने क्षमता छ भन्ने जनविश्वास रहिआएको छ।

Published Date: 06 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी