लखनउविरुद्ध चेन्नईको रोमाञ्चक जित

लखनउविरुद्ध चेन्नईको रोमाञ्चक जित : Icon Khabar

काठमाडौं, चैत २१ । अलराउन्डर मोईन अलीको उत्कृष्ट बलिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को छैटौं खेलमा लखनऊ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ । चेन्नईको यो पहिलो जित हो । जितको लागि २ सय १८ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनायो ।

लखनउका लागि ओपनर कायल मेयर्सले लगातार दोस्रो अर्धशतक बनाउने क्रममा २२ बलमा ५३ रन बनाए। मेयर्सले ८ चौका तथा २ छक्का प्रहार गरे। निकोलस पुरनले १८ बलमा ३२ रन बनाउँदा मार्कुस स्टोईनसले १८ बलमा २१ रन बनाए। आयुष बदोनीले १८ बलमा २३ रन बनाए।

कप्तान केएल राहुलले २० तथा कृष्णपा गौथमले ११ बलमा अविजित १७ रन बनाए। चेन्नाईका लागि मोईन अलीले ४ ओभरमा २६ रन दिएर ४ विकेट लिए। तुसारदेश पान्डेले २ र मिचेल स्यान्टेनरले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो। चेन्नाईका लागि ऋतुराज गायकवाडले ३१ बलमा ५७ रनको अर्धशतकीय ईनिङ खेले। उनले ३ चौका र ४ छक्का प्रहार गरे।

अर्का ओपनर डेभोन कन्वेले २९ बलमा ४७ रन बनाए। पहिलो विकेटका लागि गायकवाड र कन्वेले १ सय १० रनको साझेदारी भएको थियो । अम्बादी राइडु १४ बलमा २७ रनमा अविजित रहँदा शिवम दुवेले १६ बलमा २२ रन बनाए। मोईन अलीले १३ बलमा १९ तथा कप्तान महेन्द्रसिंह धोनीले ३ बलमा १२ रन बनाए।

लखनउका लागि मार्क वुड र रवि विष्नोईले समान ३/३ विकेट लिए। आवेश खानले १ विकेट आफ्नो नाम गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 April 2023
Website | + posts