‘भक्तपुर घरेलु उत्पादन मेला’का केही झलक (फोटो फिचर)

‘भक्तपुर घरेलु उत्पादन मेला’का केही झलक (फोटो फिचर) : Icon Khabar

भक्तपुर, चैत्र १८ । भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय उत्पादनबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दुई दिने ‘भक्तपुर घरेलु उत्पादन मेला’ को आयोजना गरेको छ । भक्तपुरको नासमना र तालाक्व टोलमा चैत्र १८ र १९ गते दुई दिनसम्म सञ्चालन हुने उक्त मेलाको उद्घाटन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भनपा ३ नासमना टोल सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले देशमा उत्पादन भएका घरेलु उत्पादन तथा सामग्रीहरुलाई उत्साहित गर्नुपर्ने बताए । उनले देशमै उत्पादन हुने सामग्रीहरु सबैले खरिद गरेर सहयोग गर्न विशेष जोड दिदै स्थानीय उत्पादनले पर्यटन विकासमा समेत सहयोग पुग्ने बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग देश विकासको आधार भएको बताउँदै यस किसिमको गतिविधिले पर्यटन प्रवद्र्धनका लागि मद्दत गर्ने, नयाँ नयाँ रोजगारीको सृजना हुने, आत्मनिर्भर बनाउने र देशको व्यापार घाटा कम गर्न समेत टेवा पुग्ने बताए ।

स्वागत मन्तव्य दिदै वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोराले मेला अवलोकन गर्न अनुरोध गर्दै भक्तपुरको मौलिक उत्पादन प्रचारप्रसार गर्न यस्ता खालको कार्यक्रम महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले विभिन्न समयमा मेला तथा महोत्सवको आयोजना गरिदै आएको जानकारी दिनुहुदै स्थानीय उत्पादनलाई बढावा दिनुपर्ने र यसको व्यापक प्रचारप्रसार गर्नुपर्ने बताए ।

दुई दिनसम्म चल्ने मेलाको प्रमुख आकर्षणहरुमा भक्तपुरका मौलिक उत्पादनहरु, परम्परागत घरेलु उद्योगबाट उत्पादित वस्तु, काष्ठकला, धातुकला र प्रस्तरकलाहरु, हस्तकलाका सामाग्रीहरु, नेवारी खाजा स्टल र सांस्कृतिक प्रस्तुती आदि रहेका छन् ।

उद्घाटन पश्चात कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले नासमना र तालाक्वमा भएको भक्तपुर घरेलु उत्पादन मेलाको स्थलगत अवलोकन गरेको थियो ।

 

Published Date: 01 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी