हामीले एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्छ : नेता खरेल

हामीले एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्छ : नेता खरेल : Icon Khabar

काठमाडौं, चैत १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका रमेश खरेलले सरकारको भागबण्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरू एक ठाउँमा उभिनुपरेको बताए को छ । शनिबार रास्वपा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो भनेका हुन् ।

उनले देशमा सुशासन नभएसम्म देशले विकासमा उल्लेखनीय प्रगति हासिल नगर्ने पनि बताए । नेता खरेलले आफूहरूमा अलमलिने छुट नरहेको जिकिर गरे । उनले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न नसके कसैको पनि भविष्य सुनिश्चित नरहेको बताए ।

उनले भने , ‘‘देशमा सुशासन नभएसम्म हामी अलमलिइरहन्छौँ । तर अब हामीसँग अलमलिने छुट छैन । हामी अलमलिनु हुँदैन । हामीले देशलाई एउटा गतिमा अघि बढाउनैपर्छ । देशको समृद्धिका लागि हामीले अब जाग्नुपर्छ । हामीले एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्छ । हामीले यो माफियातन्त्रलाई रोक्नैपर्छ । हामीले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न सकेनौँ भने भविष्य सुनिश्चित कसैको छैन ।’’

नेता खरेलले राजनीतिक सिण्डीकेट तन्त्रविरुद्ध सबै एक हुनुको विकल्प नरहेको पनि बताए ।

Published Date: 01 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी