पाँचपटकको विश्व च्याम्पियन ब्राजिल मोरक्कोद्वारा पराजित

पाँचपटकको विश्व च्याम्पियन ब्राजिल मोरक्कोद्वारा पराजित : Icon Khabar

काठमाडौँ, चैत १२ । फिफा विश्वकप कतार २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको मोरक्कोले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाँचपटकको विश्व च्याम्पियन ब्राजिललाई पराजित गरेको छ ।

घरेलु मैदानमा मोरक्कोले अधिकांश युवा खेलाडीलाई टोलीमा उतारेको ब्राजिलमाथि २–१ को रोमाञ्चक जित निकालेको हो । मोरक्कोको जितमा सोफिएन बोउफल र अब्देलहामिद साविरीले गोल गर्दा ब्राजिलका कप्तान क्यासमिरोले एक गोल फर्काए ।

ग्रान्ड स्टेड डि टानगेरमा आइतबार बिहान भएको खेलमा ब्राजिलले घरेलु टोलीमाथि दवाव बढाएपनि मोरक्कोलाई नतिजा सुम्पिन पुग्यो । खेलको २९औं मिनेटमा सोफिएन बोउफलले गोल गरेपछि ब्राजिल खेलमा पछि परेको थियो ।

६७औं मिनेटमा क्यासमिरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । तर, त्यो बराबरीलाई ब्राजिलले रोक्न सकेन । ७९औं मिनेटमा अब्देलहामिद साविरीले गोल गर्दै ब्राजिललाई हार चखाए । –एजेन्सी

Published Date: 26 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग