पाँचपटकको विश्व च्याम्पियन ब्राजिल मोरक्कोद्वारा पराजित

पाँचपटकको विश्व च्याम्पियन ब्राजिल मोरक्कोद्वारा पराजित : Icon Khabar

काठमाडौँ, चैत १२ । फिफा विश्वकप कतार २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको मोरक्कोले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाँचपटकको विश्व च्याम्पियन ब्राजिललाई पराजित गरेको छ ।

घरेलु मैदानमा मोरक्कोले अधिकांश युवा खेलाडीलाई टोलीमा उतारेको ब्राजिलमाथि २–१ को रोमाञ्चक जित निकालेको हो । मोरक्कोको जितमा सोफिएन बोउफल र अब्देलहामिद साविरीले गोल गर्दा ब्राजिलका कप्तान क्यासमिरोले एक गोल फर्काए ।

ग्रान्ड स्टेड डि टानगेरमा आइतबार बिहान भएको खेलमा ब्राजिलले घरेलु टोलीमाथि दवाव बढाएपनि मोरक्कोलाई नतिजा सुम्पिन पुग्यो । खेलको २९औं मिनेटमा सोफिएन बोउफलले गोल गरेपछि ब्राजिल खेलमा पछि परेको थियो ।

६७औं मिनेटमा क्यासमिरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । तर, त्यो बराबरीलाई ब्राजिलले रोक्न सकेन । ७९औं मिनेटमा अब्देलहामिद साविरीले गोल गर्दै ब्राजिललाई हार चखाए । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 March 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)