पाठेघर र स्तन क्यान्सर रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

पाठेघर र स्तन क्यान्सर रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न : Icon Khabar

भक्तपुर, चैत ११ । भक्तपुर नगरपालिका वडा २ कार्यालयको आयोजनामा स्थानीय वडामा पाठेघर र स्तन क्यान्सर रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भयो ।

उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति ले स्थानिय जनतालाई सहज रुपमा स्वास्थ्य सेवा पूर्याउने उद्देश्यले ख्वप अस्पताल संचालन गरिआएको बताए । कला संस्कृति संरक्षर र सम्वद्धन गर्नुका साथै शिक्षा र स्वास्थ्यमा जनताले न्यून शुल्कमा सेवा प्राप्त गरुन भन्ने अभिप्रायले नगरपालिकाका जनप्रतिनिधि कार्यरत रहेको उनले जानकारी दिए ।

उनले भक्तपुर नगरपालिकाका हरेका कार्यहरु हेर्न, गर्न र अनुशरण गर्न लायक बनाउन लागि परेको बताए । साथै जनताका आधारभुत सेवा शिक्षा, स्वास्थ्य र खानेपानीको सहज व्यवस्थापन गर्न प्रयासरत रहको स्थानीय बासीहरु सेवा प्राप्त गर्न तत्पर रहनु पर्ने बताए ।

कायक्रमा वडा अध्यक्ष हरिप्रसाद बासुकलाले समयमा आँखा, कान , नाक ,घाटी , प्रसर र सुगर लागाएत स्तन र पाठेघर परिक्षण गराएदै आइरहेको बताउदै वडाका गतिविधि बारे जानकारी दिनुका साथै स्थानीय जनताको समस्या सम्बोधन गर्दै देको मिवा इतापाके आयोजना छिटै सम्पन्न गर्न लागिरहेको जानकारी दिए ।

कार्यक्रममा श्यामसुन्दर मांता , राजन जति , जयराम गोर्खाली , डा. सोभानी श्रेष्ठ र मन्जु लाखाजुले स्वास्थ्य सेवा सम्वन्धी बोलेका थिए । उक्त कार्यक्रममा स्थानीय वडाका १७४ जना महिलाहरुले शिविरमा सहभागीता जनाएको थियो ।

Published Date: 25 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी