दुई दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउनेः उपप्रधानमन्त्री श्रेष्ठ

दुई दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउनेः उपप्रधानमन्त्री श्रेष्ठ : Icon Khabar

काठमाडौँ, चैत ११ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन् ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले मन्त्री बाँडफाँडलाई लिएर सत्तारुढ दलहरूबीच विवाद बढ्दै गएको बेला यस्तो टिप्पणी गरेको हो ।

ललितपुर चेम्बर अफ कमर्शले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको र यस समस्याको समाधानका लागि सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी पहल गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले उद्योगी–व्यवसायीसँग संवाद जारी राख्ने आश्वासन पनि दिए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले आम उपभोक्तालाई सस्तो र गुणस्तरीय वस्तु उपलब्ध गराउन तीनै तहका सरकार एकजुट हुनुपर्ने बताइन् । यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन् ।

Published Date: 25 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग