दुई दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउनेः उपप्रधानमन्त्री श्रेष्ठ

दुई दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउनेः उपप्रधानमन्त्री श्रेष्ठ : Icon Khabar

काठमाडौँ, चैत ११ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन् ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले मन्त्री बाँडफाँडलाई लिएर सत्तारुढ दलहरूबीच विवाद बढ्दै गएको बेला यस्तो टिप्पणी गरेको हो ।

ललितपुर चेम्बर अफ कमर्शले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको र यस समस्याको समाधानका लागि सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी पहल गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले उद्योगी–व्यवसायीसँग संवाद जारी राख्ने आश्वासन पनि दिए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले आम उपभोक्तालाई सस्तो र गुणस्तरीय वस्तु उपलब्ध गराउन तीनै तहका सरकार एकजुट हुनुपर्ने बताइन् । यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 March 2023
Website | + posts