वाग्मतीका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत

वाग्मतीका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत : Icon Khabar

हेटौँडा, चैत १० । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले शुक्रबार वाग्मती प्रदेशसभाबाट विश्वासको मत लिएका छन् ।

मतदानमा उनले आफ्नो पक्षमा ६७ मत प्राप्त गरे । १७ प्रदेशसभा सदस्यले उनको विपक्षमा मतदान गरे पनि सात सदस्यले तटस्थ रहने निर्णय गरे । ११० सदस्यीय प्रदेश सभामा ९१ जनाले मतदानमा भाग लिएका थिए ।

वाग्मती प्रदेशमा नेपाली कांग्रेसबाट ३७, नेकपा एमालेबाट २७, नेकपा (माओवादी केन्द्र)बाट २१, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १३, नेकपा (एकीकृत समाजवादी) सात, नेपाल मजदुर किसान पार्टी तीन र दुई जनाले हाम्रो नेपाली पार्टीको प्रतिनिधित्व गरेका छन् ।

राप्रपा र एमालेले जमकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि उनले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिएका हुन् ।

Published Date: 24 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग