वाग्मतीका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत

वाग्मतीका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत : Icon Khabar

हेटौँडा, चैत १० । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले शुक्रबार वाग्मती प्रदेशसभाबाट विश्वासको मत लिएका छन् ।

मतदानमा उनले आफ्नो पक्षमा ६७ मत प्राप्त गरे । १७ प्रदेशसभा सदस्यले उनको विपक्षमा मतदान गरे पनि सात सदस्यले तटस्थ रहने निर्णय गरे । ११० सदस्यीय प्रदेश सभामा ९१ जनाले मतदानमा भाग लिएका थिए ।

वाग्मती प्रदेशमा नेपाली कांग्रेसबाट ३७, नेकपा एमालेबाट २७, नेकपा (माओवादी केन्द्र)बाट २१, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १३, नेकपा (एकीकृत समाजवादी) सात, नेपाल मजदुर किसान पार्टी तीन र दुई जनाले हाम्रो नेपाली पार्टीको प्रतिनिधित्व गरेका छन् ।

राप्रपा र एमालेले जमकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि उनले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग