रास्वपाले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार दिने

रास्वपाले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार दिने : Icon Khabar

काठमाडौं, चैत ११ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १३ गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले तनहुँ–१, चितवन–२ र बारा–२ मा उम्मेदवारी दिने निर्णय गरेको उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए ।

उनले भने, ‘पार्टीले उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । त्यसैगरी बैठकले चितवन–२ को संयोजकमा डोलप्रसाद अर्याल, तनहुँ–१ मा सहमहासचिव कविन्द्र बुर्लाकोटी र बारा–२ मा केन्द्रीय सदस्य गणेश कार्कीलाई तोकेको छ ।

Published Date: 25 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग