राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको छ लाख ४७ हजार ७४४ मा अपाङ्गता

राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको छ लाख ४७ हजार ७४४ मा अपाङ्गता : Icon Khabar

काठमाडौं, चैत १० । कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८ मा कुल जनसंख्याको छ लाख ४७ हजार ७४४ अर्थात् २.२ प्रतिशमा कुनैन कुनै प्रकारको अपाङ्गता देखिएको हो।

पुरुष जनसंख्याको २.५ प्रतिशतमा र महिला जनसंख्याको २.० प्रतिशतमा अपाङ्गता रहेको तथ्यांकले देखाएको छ। अपाङ्गता भएका व्यक्तिमध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५।.८ प्रतिशत रहेको छ।

अपाङ्गता भएका व्यक्तिमध्ये सबै भन्दा धेरैमा शारीरिक अपाङ्गता ३७.१ प्रतिशत रहेको छ।

१७.१ प्रतिशतमा न्यूनदृष्टियुक्त अपाङ्गता, ८.९ प्रतिशतमा बहुअपाङ्गता, ८.० प्रतिशतमा सुस्तश्रवण, ६.४ प्रतिशतमा स्वर बोलाइसम्बन्धी अपाङ्गता रहेको छ।

त्यसैगरी पूर्ण दृष्टिबिहीन ५.४, बहिरोपन ७.९,सुस्त श्रवण ८, श्रवण दृष्टिबिहीन १.६, मानसिक मनोसामाजिक ४.३, बौद्धिक अपाङ्गता १.८, अनुवंशीय ररक्तश्राव (हेमोफेलिया) ०.८,अटिजम ०.८ रहेका छन्।

Published Date: 24 March 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु