नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक

सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भबिष्यको सुरुवातभन्ने नाराका साथ नेपाललाइफ सुनौलो भविष्यजीवनबीमा योजना

नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक : Icon Khabar

काठमाडौं, चैत ९ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाललाइफ इन्स्योरेन्स कम्पनीले नेपाललाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । आज मिति २०७९ साल चैत्र ०९ गते कम्पनीको प्रधानकार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उक्तबीमा योजनाको सार्वजनिक अनावरण गरेको हो ।

आफु तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस् र आफ्नो वृद्ध अवस्था सम्म पनि आफु आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिकमनोविज्ञानलाई आत्मसाथगर्दे एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी नेपाललाइफले “नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना”सार्वजनिक गरेको हो ।

“सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात”भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरिएको हो । एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सकिने यो जीवनबीमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा(मुनाफामा सरिक हुने) हो जस्मा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहने तथा न्यूनतम बीमा शुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमा शुल्क भुक्तानी अवधि ३५ वर्र्ष सम्म हुनेछ । यो योजनाको न्यूनतम बीमाङ्क रकम रू २५,०००÷— तथा अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिनेछ ।

यो योजनाले न्युन बीमा शुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ । यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधिभर बचत गर्न प्रोत्साहन गर्दछ । यस योजनाले तपाईंको अवकाशपछिको आर्थिक आवश्यकतालाई समेत समेट्दछ । यस योजनामा दुईवटा विकल्पहरु समावेश गरिएका छन् जसमध्ये आफ्नो इच्छा र आवश्यकता अनुरुप बीमितले कुनै एउटा मात्र विकल्पको छनोट गर्न सक्दछ ।

विकल्प १अन्तर्गत बीमालेख परिपक्व भएमा बीमा अवधि समाप्तिमा बीमाङ्क रकम + आर्जित बोनश, एकमुष्ट दिइने छ भने विकल्प २ अन्तर्गत बीमा भुक्तानी अवधि समाप्तिमा बीमा लेखमा उल्लेख भएको बीमाङ्क रकम दिइने छ र भुक्तानी अवधि समाप्ति पछि प्रत्येक वर्ष बीमाङ्कको ५% रकम बीमितको उमेर ७९ वर्ष नपुगन्जेल सम्म बीमितलाई प्रदान गरिन्छ । साथै बीमित ८० वर्ष पुरा भएपछि बीमा शुल्क भुक्तानी अवधि सम्म आर्जित बोनस बीमितलाई प्रदान गरिनेछ ।

बीमालेख चालु रही बीमा भुक्तानी अवधिभित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा विकल्प १ अन्तर्गत बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट दिइने छ भने विकल्प २ अन्तर्गत बीमितको मृत्यु भएमा बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट दिइने छ तर भुक्तानी अवधि समाप्ति पछि मृत्यु भएमा बीमाङ्कको ५०% रकम + बीमा शुल्क भुक्तानी अवधि सम्म आर्जित बोनस रकम एकमुष्ट भुक्तानी दिइनेछ ।

विकल्प १ र विकल्प २ दृुबैमा ऋण तथा समर्पण सुविधा रहेको छ । वार्षिक ३ किस्ताबीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ भने वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्यको ९०% ऋण प्राप्तगर्न सकिनेछ । दुर्घटना मृत्यु लाभ सुविधा बीमाशुल्क छुट तथा पूर्ण अशक्तता सुविधा, घातक रोग सुविधा जस्ता ऐच्छिक सुविधाहरु समेत उपलब्ध रहेको छ ।

कार्यक्रममा बोल्दै यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए । यस योजनालाई मुर्त रुप प्रदान गर्न सहयोग गर्नुहुने नियामक निकाय नेपाल बीमा प्राधिकरण, बअतगबचथ तथा यसलाई साकार पार्न अहोरात्र खट्ने सबैलाई बधाई ज्ञापन गरे । यो योजना सबै सरोकारवालाहरुको हितमा रहेको र यसको फाइदा उठाउन सबैमा आग्रह गर्नुभयो । आम ग्राहकहरुको आजको आवश्यकतालाई मध्यनजर गर्दै योजना सार्वजनिक गरिएको कुरा बताए । यस योजनाको सफलताको शुभकामना समेत जाहेर गरे । कार्यक्रममा यस योजना संग सम्बन्धित प्रस्तुतीकरण कम्पनीका नेसनल सेल्स हेड उमापती पोखरेलले गरेका थिए ।

“किनकी जीवन अमुल्य” छ भन्ने मुलनारालाई आत्मसाथ गर्दै करिब २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवनबीमा सम्बन्धि सम्पूर्ण सेवाप्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवनबीमा कम्पनी नेपाललाइफ इन्स्योरेन्स कम्पनीको २०७९ पौष मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवनबीमा कोष १५०.८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु त्था ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हाल सम्म रु १९७.१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाललाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ ।

ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरु समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 March 2023
Website | + posts