प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा

प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा : Icon Khabar

काठमाडौं, चैत ७ । बुधबारदेखि दशरथ रङ्गशालामा हुने प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलबार २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो । टोलीमा गोलरक्षक : किरण कुमार लिम्बू, दीप कार्की र अभिषेक बराल रहेको छ भने डिफेन्समा : सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान खड्का रहेको छ। त्यसैगरि मिडफिल्डरमा : पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास छ भने स्ट्राइकर : आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनीष डाँगी रहेको छ ।

टोलीमा सात जना नयाँ खेलाडीले स्थान बनाएका छन् । टोलीमा अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ, नवीन लामा र दीपकराज सिंह ठकुरीले पहिलो पटक स्थान बनाउनुभएको हो ।

चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने प्रधानमन्त्री कपमा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ । सिंगल राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

नेपालले बुधबार पहिलो खेल लाओससँग खेल्नेछ । चैत ११ गते भुटान र लाओस तथा चैत १४ गते नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रो हुनेले ३ हजार डलर पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपलब्ध गराउने बताइएको छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण एनटिभी प्लसले गर्ने भएको छ ।

Published Date: 21 March 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु