सोमबार घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढ्यो

सोमबार घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, चैत ७ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा बिक्री भइरहेको छ । हिजो प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको प्रतितोला रू १ लाख ९ हजार ३ सय रुपैयाँ तोकिएको छ । सोमबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय ४० रुपैयाँ पुगेको छ ।

Published Date: 21 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग