घोडेजात्रा पर्वका बाबजुद पनि काठमाडौं उपत्यकाबाहिरका बैंकहरुलाई सेवा खोल्न राष्ट्र बैंकको निर्देशन

घोडेजात्रा पर्वका बाबजुद पनि काठमाडौं उपत्यकाबाहिरका बैंकहरुलाई सेवा खोल्न राष्ट्र बैंकको निर्देशन : Icon Khabar

काठमाडौं, चैत ७ । नेपाल राष्ट्र बैंकले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर कारोवार गर्न बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले सोमबार एक सूचना जारी गर्दै आज बैंकिङ सेवा प्रभावित नहुने गरी व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको छ ।

घोडेजात्राको दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि नगद कारोबार, इलेक्ट्रोनिक चेक भुक्तानी जस्ता आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालयहरू खुला राख्न यो सूचना जारी गरिएको हो ।

Published Date: 21 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग