आचारसंहिताका कारण रास्वपा बैठक स्थगित

आचारसंहिताका कारण रास्वपा बैठक स्थगित : Icon Khabar

काठमाडौं, चैत्र ३ उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा निर्णय गर्न बोलाएको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र पदाधिकारीको संयुक्त बैठक स्थगित भएको छ।

निर्वाचन आाचार संहितालगायतका कारणले बैठक स्थगित गरिएको संसदीय दलका नेता एवं उपसभापति डिपी अर्यालले जानकारी दिए।

राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपति निर्वाचनमा कससलाई मत लिने भन्ने निर्णय सार्वजनिक गरेको छैन। ‘पार्टीले आन्तरिक रुपमा उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा सार्वजनिक गर्न आवश्यक ठानेन,’ अर्यालले डिसी नेपालसँग भने, ‘गोप्य मतदान भएकाले सार्वजनिक नगरिएको हो।’

उपराष्ट्रपतिको निर्वाचन आज हुँदैछ। उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनबाट रामसहाय यादव र ममता झाबीच प्रतिश्पर्धा हुँदैछ।

Published Date: 17 March 2023






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता