आचारसंहिताका कारण रास्वपा बैठक स्थगित

आचारसंहिताका कारण रास्वपा बैठक स्थगित : Icon Khabar

काठमाडौं, चैत्र ३ उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा निर्णय गर्न बोलाएको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र पदाधिकारीको संयुक्त बैठक स्थगित भएको छ।

निर्वाचन आाचार संहितालगायतका कारणले बैठक स्थगित गरिएको संसदीय दलका नेता एवं उपसभापति डिपी अर्यालले जानकारी दिए।

राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपति निर्वाचनमा कससलाई मत लिने भन्ने निर्णय सार्वजनिक गरेको छैन। ‘पार्टीले आन्तरिक रुपमा उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा सार्वजनिक गर्न आवश्यक ठानेन,’ अर्यालले डिसी नेपालसँग भने, ‘गोप्य मतदान भएकाले सार्वजनिक नगरिएको हो।’

उपराष्ट्रपतिको निर्वाचन आज हुँदैछ। उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनबाट रामसहाय यादव र ममता झाबीच प्रतिश्पर्धा हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2023
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू