म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा : Icon Khabar

काठमाडौं, चैत्र ३ । एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनिस क्लब रियल बेटिसलाई १–० ले तथा समग्रमा ५–१ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।

पहिलो लेगमा युनाइटेडले ४–१ को सहज जित हात पारेको थियो । दोस्रो लेगमा युनाइटेडको जितमा दोस्रो हाफमै मार्कस रासफर्डले गरेको गोल निर्णायक बन्यो । उनले ५६औं मिनेटमा क्यासमिरोको पासमा गोल गर्न सफल भएका थिए ।

सेभिल्लामा बिहीबार राति भएको खेलमा बेटिस घरेलु मैदानमा युनाइटेडसँग दवावमा रहेर खेलेको थियो । यता, अर्काे खेलमा फेनरवाचसँग दोस्रो लेगमा १–० ले पराजित भएपनि समग्रमा २–१ को जितसँगै स्पेनिस क्लब सेभिया क्वाटरफाइनलमा पुगेको छ ।

फेनरवाचका एनर भ्यालेन्सियाले ४१औं मिनेटमा पेनाल्टीमार्फत टोलीलाई खेलमा फर्काउने संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा सेभिया पहिलो लेगमा पाएको २–० को जितले अघि बढ्न पर्याप्त बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2023
Website | + posts








ताजा
असार सकिनै लाग्दा देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ
भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा प्रजिअ पाण्डेको स्वागत
चाँगुनारायणमा जनप्रतिनिधिका तीन वर्ष : विकास र उपलब्धिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला