म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा : Icon Khabar

काठमाडौं, चैत्र ३ । एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनिस क्लब रियल बेटिसलाई १–० ले तथा समग्रमा ५–१ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।

पहिलो लेगमा युनाइटेडले ४–१ को सहज जित हात पारेको थियो । दोस्रो लेगमा युनाइटेडको जितमा दोस्रो हाफमै मार्कस रासफर्डले गरेको गोल निर्णायक बन्यो । उनले ५६औं मिनेटमा क्यासमिरोको पासमा गोल गर्न सफल भएका थिए ।

सेभिल्लामा बिहीबार राति भएको खेलमा बेटिस घरेलु मैदानमा युनाइटेडसँग दवावमा रहेर खेलेको थियो । यता, अर्काे खेलमा फेनरवाचसँग दोस्रो लेगमा १–० ले पराजित भएपनि समग्रमा २–१ को जितसँगै स्पेनिस क्लब सेभिया क्वाटरफाइनलमा पुगेको छ ।

फेनरवाचका एनर भ्यालेन्सियाले ४१औं मिनेटमा पेनाल्टीमार्फत टोलीलाई खेलमा फर्काउने संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा सेभिया पहिलो लेगमा पाएको २–० को जितले अघि बढ्न पर्याप्त बन्यो ।

Published Date: 17 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग