युभेन्ट्स र रोमा क्वाटरफाइनलमा

युभेन्ट्स र रोमा क्वाटरफाइनलमा : Icon Khabar

काठमाडौं, चैत्र ३ । एजेन्सी – इटालियन क्लब युभेन्ट्स र रोमा युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । युभेन्ट्सले जर्मन क्लब फ्रेइवर्गलाई २–० ले तथा समग्रमा ३–० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएकाे हाे ।

पहिलो लेगमा युभेन्ट्स १–० ले विजयी भएको थियो । जर्मनीमा बिहीबार राति भएको खेलमा युभेन्ट्सको जितमा डुसान भ्लाहोभिच र फेडरिको चिइसाले गोल गरे ।

२७औं मिनेटमा भ्लाहोभिचको गोलले भिएअराबाट मान्यता पाएन । ४४औं मिनेटमा फ्रेइवगए १० खेलाडीमा समेटियो । म्यानुएल गुल्डे रातो कार्ड खाँद मैदानबाट बाहिरिए ।

४५औं मिनेटमा डुसानले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए ।

अर्काे खेलमा रियल सोसिडाडसँगको दोस्रो लेगमा रोमाले गोलरहित बराबरी खेल्दै समग्रमा २–० को जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । रोमाले पहिलो लेगमा २–० को जित निकालेको थियो ।

Published Date: 17 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग