युभेन्ट्स र रोमा क्वाटरफाइनलमा

युभेन्ट्स र रोमा क्वाटरफाइनलमा : Icon Khabar

काठमाडौं, चैत्र ३ । एजेन्सी – इटालियन क्लब युभेन्ट्स र रोमा युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । युभेन्ट्सले जर्मन क्लब फ्रेइवर्गलाई २–० ले तथा समग्रमा ३–० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएकाे हाे ।

पहिलो लेगमा युभेन्ट्स १–० ले विजयी भएको थियो । जर्मनीमा बिहीबार राति भएको खेलमा युभेन्ट्सको जितमा डुसान भ्लाहोभिच र फेडरिको चिइसाले गोल गरे ।

२७औं मिनेटमा भ्लाहोभिचको गोलले भिएअराबाट मान्यता पाएन । ४४औं मिनेटमा फ्रेइवगए १० खेलाडीमा समेटियो । म्यानुएल गुल्डे रातो कार्ड खाँद मैदानबाट बाहिरिए ।

४५औं मिनेटमा डुसानले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए ।

अर्काे खेलमा रियल सोसिडाडसँगको दोस्रो लेगमा रोमाले गोलरहित बराबरी खेल्दै समग्रमा २–० को जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । रोमाले पहिलो लेगमा २–० को जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2023
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित