१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र

१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र : Icon Khabar
तस्बिर: पीखुकगु नेपाल भाषा साहित्य तःमुज्या

भक्तपुर, असोज २५ । जनता बाँचे भाषा बाँच्छ भन्ने मूल उद्घोषका साथ आयोजना हुन लागेको ४६औँ नेपाल भाषा साहित्य तःमुज्याको प्रचारार्थ आज भक्तपुरको दरबार क्षेत्रमा सामूहिक बाँसुरी वादन तथा नृत्य प्रदर्शन गरिएको छ।

अपराह्न ४ बजे आयोजित कार्यक्रममा १५० जना बाँसुरीवादकले एकसाथ बाँसुरीको धुन प्रस्तुत गरेका थिए। सोही धुनको तालमा १५० जना कलाकारले दरबार क्षेत्र परिसरमा सामूहिक नृत्य प्रस्तुत गरेका थिए। नेपाल भाषा र मौलिक कला, संस्कृति र संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त प्रस्तुतिले भक्तपुरको सांस्कृतिक रौनक थपेको थियो।

४६औँ नेपाल भाषा साहित्य तःमुज्या आगामी कार्तिक ६ र ७ गते भक्तपुरको गोमारी टोलमा आयोजना हुँदैछ। कार्यक्रमको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन आयोजक संस्थाले कार्तिक ५ गते बिहीबार सुन्कुन्दा र्‍यालीसमेत आयोजना गर्ने जनाएको छ।

नेपाल भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको तःमुज्यालाई सफल बनाउन विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालन भइरहेका छन्।

Published Date: 11 October 2026


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड