वाणिज्य बैंकबाट लुटिएको १८ किलो सुन अझै भेटिएन, ग्राहकलाई क्षतिपूर्ति दिने तयारी

वाणिज्य बैंकबाट लुटिएको १८ किलो सुन अझै भेटिएन, ग्राहकलाई क्षतिपूर्ति दिने तयारी : Icon Khabar

काठमाडौँ, कार्तिक २३ । गत भदौ २४को जेनजी बिद्रोहको बेला बानेश्वरस्थित संसद् भवनसँगैको राष्ट्रिय वाणिज्य बैंकको लकरबाट लुटिएको १८ किलो सुनको अझै अत्तोपत्तो लाग्न सकेको छैन ।

सर्वसाधारणले सुरक्षाको लागि र सुन कर्जा लिनको लागि राखेको सुन नै लुटिएपछि बैंकले क्षतिपूर्ति दिने तयारी गरेको छ ।

त्यो घटनामा बैंकको उक्त शाखाबाट ३८ करोड रुपैयाँभन्दा बढीको नगद र गरगहना लुटपाट भएकोमा हालसम्म ३२ लाख बराबरको नगद र समान मात्रै प्रहरीले बरामद गरेको छ ।

बैंकले उक्त सुन भेटिने सम्भावना समाप्त भएको भन्दै ग्राहकहरुलाई क्षतिपूर्ति रकम दिने तयारी शुरु गरेको छ । ‘डेढ महिनाभन्दा लामो समय पनि उक्त सुन र रकम फेला पर्न सकेको छैन । यता ग्राहकहरुले अत्याइरहेको अवस्था छ । त्यसैले पनि ग्राहकको सुन अनुसारको रकमको हिसाब गरेर क्षतिपूर्ति दिने तयारी शुरु गरिएको हो,’ बैंकका एक अधिकारीले मेरो लगानीसंग भने ।

उनका अनुसार सुनको बीमा गरेका कम्पनीहरुसंग पनि क्षतिपूर्तीको लागि प्रकृया अगाडि बढाइएको छ । बैंकले ग्राहकले लकरमा राखेकै दिन सुनलगायतका गरगहनाको बीमा गराएको हुन्छ । त्यही आधारमा ग्राहकलाई क्षतिपूर्तl तिर्नु परे पनि बीमा कम्पनीले बेहोर्ने भएकोले बैंकलाई कुनै घाटा भने नहुने बताइन्छ ।

Published Date: 09 November 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग