वाणिज्य बैंकबाट लुटिएको १८ किलो सुन अझै भेटिएन, ग्राहकलाई क्षतिपूर्ति दिने तयारी

वाणिज्य बैंकबाट लुटिएको १८ किलो सुन अझै भेटिएन, ग्राहकलाई क्षतिपूर्ति दिने तयारी : Icon Khabar

काठमाडौँ, कार्तिक २३ । गत भदौ २४को जेनजी बिद्रोहको बेला बानेश्वरस्थित संसद् भवनसँगैको राष्ट्रिय वाणिज्य बैंकको लकरबाट लुटिएको १८ किलो सुनको अझै अत्तोपत्तो लाग्न सकेको छैन ।

सर्वसाधारणले सुरक्षाको लागि र सुन कर्जा लिनको लागि राखेको सुन नै लुटिएपछि बैंकले क्षतिपूर्ति दिने तयारी गरेको छ ।

त्यो घटनामा बैंकको उक्त शाखाबाट ३८ करोड रुपैयाँभन्दा बढीको नगद र गरगहना लुटपाट भएकोमा हालसम्म ३२ लाख बराबरको नगद र समान मात्रै प्रहरीले बरामद गरेको छ ।

बैंकले उक्त सुन भेटिने सम्भावना समाप्त भएको भन्दै ग्राहकहरुलाई क्षतिपूर्ति रकम दिने तयारी शुरु गरेको छ । ‘डेढ महिनाभन्दा लामो समय पनि उक्त सुन र रकम फेला पर्न सकेको छैन । यता ग्राहकहरुले अत्याइरहेको अवस्था छ । त्यसैले पनि ग्राहकको सुन अनुसारको रकमको हिसाब गरेर क्षतिपूर्ति दिने तयारी शुरु गरिएको हो,’ बैंकका एक अधिकारीले मेरो लगानीसंग भने ।

उनका अनुसार सुनको बीमा गरेका कम्पनीहरुसंग पनि क्षतिपूर्तीको लागि प्रकृया अगाडि बढाइएको छ । बैंकले ग्राहकले लकरमा राखेकै दिन सुनलगायतका गरगहनाको बीमा गराएको हुन्छ । त्यही आधारमा ग्राहकलाई क्षतिपूर्तl तिर्नु परे पनि बीमा कम्पनीले बेहोर्ने भएकोले बैंकलाई कुनै घाटा भने नहुने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 November 2025
Website | + posts