चीनद्वारा दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा

चीनद्वारा दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा : Icon Khabar

काठमाडौँ, कार्तिक २३ । चीनले दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

आइतबारदेखि नै लागू हुनेगरी चीनले दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध हटाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

चीनको वाणिज्य मन्त्रालयले आइतबार विज्ञप्ती जारी गरी त्यस्ता प्रतिबन्ध आजैदेखि फुकुवा गरिएको र २०२६ को नोभेम्बरसम्म लागु हुने जानकारी दिएको छ।

यस ग्यालियम, जर्मेनियम, एन्टिमोनी निर्यातमा २०२४ सालदेखि प्रतिबन्ध लगाएको थियो।

चीनले शुक्रबार अक्टोबर ९ मा लागू गरेको दुर्लभ पृथ्वी खनिज तथा लिथियम ब्याट्री सामग्रीमा लगाइएको अतिरिक्त नियन्त्रणहरू स्थगित गरेको थियो।

यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको व्यापार युद्धविराम सम्झौतापछि आएको हो।

दक्षिण कोरियाको बुसानमा दुई नेताबीच वार्तापछि एक वर्षका लागि व्यापारिक तनाव शान्त पार्ने सहमति भएको थियो।

सम्झौताअनुसार चीनले एक वर्षका लागि अमेरिकातर्फ दुर्लभ खनिजहरूको निर्यात खुकुलो बनाउने र अमेरिकाबाट कृषि उत्पादन तथा आधुनिक चिप्स आयात गर्न दिने भनिएको छ।

अमेरिकाले पनि चीनमाथि लगाउँदै आएको भन्सार दर १० प्रतिशतले घटाउने घोषणा गरिसकेको छ।

Published Date: 09 November 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी