प्रदेश १ को प्रथम अधिवेशन पुस १७ मा

प्रदेश १ को प्रथम अधिवेशन पुस १७ मा : Icon Khabar

विराटनगर । प्रदेश १ सरकारले प्रदेश सभाको प्रथम अधिवेशन यही पुस १७ मा हुने भएको छ ।

प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आह्वान गरेका हुन् । प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिनको १ बजेको लागि बोलाइएको छ ।

सोमबार प्रदेश १ का नवनिर्वाचित सांसदले पद तथा गोपनियताको शपथ लिएका थिए । प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले प्रदेश सांसदलाई शपथ ग्रहण गराएका हुन् । ९३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 December 2022
Website | + posts