आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घट्यो : Icon Khabar

काठमाडौं, कार्तिक २३ । आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से ३०.०२ अंकले घटेर २ हजार ५६६.०९ विन्दुमा झरेको हो ।

आइतबार सेयर बजारमा ३२३ कम्पनीका सेयर कारोबार भएका छन् । कुल १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर ४७ हजार २६८ कारोबारबाट ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँमा किनबेच भएको छ ।

कारोबार रकम विहीबारको तुलनामा कमी हो । विहीबार ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएका थिए । आइतबार सेयर बजारमा सूचीकृत सबै समूहका परिसूचकमा गिरावट आएको छ ।

सबैभन्दा धेरै वित्त समूहको परिसूचक २.९१ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक समूहको परिसूचक १.८१ प्रतिशतले ओरालो लाग्दा लगानी समूहको परिसूचकमा १.५५ प्रतिशतको गिरावट आएको छ ।

आइतबार दरमखोला हाइड्रो इनर्जी, माविलुङ इनर्जी तथा सागर डिस्टिलरीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स तथा मानुसी लघुवित्त वित्तीय संस्थाका सेयरधनी रहेका छन् ।

Published Date: 09 November 2025
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता