हायात रेजेन्सी होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक जना पक्राउ

हायात रेजेन्सी होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक जना पक्राउ : Icon Khabar

काठमाडौं, कार्तिक २३ । बौद्धस्थित पाँचतारे हायात रेजेन्सी होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ का ३६ वर्षीय लक्ष्मण सुनाम छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई कारबाहीका लागि प्रहरी वृत्त बौद्धको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

प्रहरीले उनको घरबाट हायातको तीन थान टेलिभिजन समेत बरामद गरेको छ ।

हायात रेजेन्सीको क्यासिनोबाट उक्त टीभी आफूले ल्याएको उनले स्वीकारेको प्रहरीले बताएको छ ।

जेनजी आन्दोलनको क्रममा २४ भदौमा हायातमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । अहिले यो होटल बन्दको अवस्थामा छ ।

Published Date: 09 November 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग