हायात रेजेन्सी होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक जना पक्राउ

हायात रेजेन्सी होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक जना पक्राउ : Icon Khabar

काठमाडौं, कार्तिक २३ । बौद्धस्थित पाँचतारे हायात रेजेन्सी होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ का ३६ वर्षीय लक्ष्मण सुनाम छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई कारबाहीका लागि प्रहरी वृत्त बौद्धको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

प्रहरीले उनको घरबाट हायातको तीन थान टेलिभिजन समेत बरामद गरेको छ ।

हायात रेजेन्सीको क्यासिनोबाट उक्त टीभी आफूले ल्याएको उनले स्वीकारेको प्रहरीले बताएको छ ।

जेनजी आन्दोलनको क्रममा २४ भदौमा हायातमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । अहिले यो होटल बन्दको अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 November 2025
Website | + posts