वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम

वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम : Icon Khabar
फाइल तस्बिर: अमित श्यामा

काठमाडौं, साउन १७ । देशभर वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै विभिन्न जिल्लाका नदी तथा खोलामा आकस्मिक बाढी आउने जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाले आइतवार सूचना जारी गर्दै काठमाडौं उपत्यकासहित देशका ३७ जिल्ला र आसपासका क्षेत्रमा बग्ने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने चेतावनी दिएको हो ।

महाशाखाका अनुसार संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, पर्सा, बारा, गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा बग्ने साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

निरन्तर वर्षाका कारण नदी तथा खोलाको सतह अचानक बढ्न सक्ने भएकाले नदी किनार, तटीय बस्ती तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै, पहाडी क्षेत्रमा पहिरोको जोखिम पनि बढ्न सक्ने भएकाले जोखिमयुक्त स्थानमा यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ ।

महाशाखाले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई पनि आवश्यक पूर्वतयारी अवस्थामा रहन अनुरोध गरेको छ । मौसमको अवस्था र नदीको बहावबारे नियमित अद्यावधिक सूचना हेर्न तथा कुनै पनि जोखिम देखिएमा सुरक्षित स्थानतर्फ सर्न नागरिकलाई आग्रह गरिएको छ ।

Published Date: 02 August 2026


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा