पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र

पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र : Icon Khabar
म्याग्दी, साउन १७ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पहिरो नियन्त्रणसँगै सडक स्तरोन्नतिको काम तीव्र पारिएको छ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले गलेश्वर–वैँसरी र वैँसरी–रातोपानी खण्डमा सडक फराकिलो बनाउने, ढलान गर्ने, ग्याबिन जाली तथा पक्की पर्खाल निर्माण गर्ने काम अघि बढाएको हो।

गलेश्वर–वैँसरी खण्डका लागि गुरुङ शङ्करश्री क्रियटिभ जेभीसँग रु. ७ करोड ३० लाख र वैँसरी–रातोपानी खण्डका लागि कालीमाता–थापाकाजी–रासुवा जेभीसँग रु. ८ करोडमा ठेक्का सम्झौता भएको छ।

दुवै खण्डमा गरी करिब ३ किलोमिटरभन्दा बढी सडक ढलान तथा विभिन्न स्थानमा ग्याबिन, प्लम र कङ्क्रिट पर्खाल निर्माण गरिने आयोजनाले जनाएको छ। भीरकाटेमा विस्फोटक पदार्थ प्रयोग गरी पहरा फुटाएर सडक फराकिलो बनाउने कामसमेत भइरहेको छ।

कमजोर भूबनोटका कारण बर्खायाममा बाढीपहिरोले यातायात अवरुद्ध हुने समस्या रहेकाले पहिरो नियन्त्रण र सडक संरक्षणलाई प्राथमिकता दिइएको आयोजनाले जनाएको छ।

Published Date: 02 August 2026


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न