थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ

थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ : Icon Khabar

काठमाडौं, साउन १७ । थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर आएका तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारतको पन्जाब घर भएका ३० वर्षीय सोनी, सोही ठाउँका २३ वर्षीय जागरूप सिंह र हरियाणाका २२ वर्षीय साहिल छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो ।

शनिबार राति क्याथे प्यासिफिक एअरवेजको उडानमार्फत दुई भारतीय थाइल्यान्डबाट हङकङ हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए । उनीहरूले ल्याएको गाँजा सिरिभ गर्न अर्का भारतीय विमानस्थल पुगेका थिए ।

तीनै जनालाई पक्राउ गरेर प्रहरीले लागुऔषधको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

Published Date: 02 August 2026


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न