इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली

इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली : Icon Khabar

काठमाडौं, साउन १७ । मिस नेपाल २०२६ को उपाधि जित्दै दीपमाला ढकालले नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमा नयाँ अध्याय थपेकी छन्। उनी मिस नेपालको ताज जित्ने पहिलो गैरआवासीय नेपाली (एनआरएन) बनेकी हुन्।

शनिबार साँझ सम्पन्न प्रतिस्पर्धात्मक फिनालेमा ढकालले उत्कृष्ट प्रस्तुति, आत्मविश्वास, व्यक्तित्व र बौद्धिक क्षमताको प्रदर्शन गर्दै निर्णायकहरूको मन जित्न सफल भइन्। यससँगै उनले नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमा तीन महत्त्वपूर्ण राष्ट्रिय कीर्तिमानसमेत कायम गरिन्।

दीपमाला ढकाल हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट दोस्रो पुस्ता संयोजक (Second Generation Coordinator) का रूपमा सक्रिय रहेकी छन्। विदेशमा जन्मिएर वा हुर्किएका नेपाली मूलका युवापुस्तालाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोड्ने अभियानमा उनको सक्रिय भूमिका रहँदै आएको छ।

ढकालको जितले विश्वभर रहेका लाखौँ गैरआवासीय नेपाली समुदायका लागि गर्वको विषय बनेको छ। यसअघि पनि विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका युवतीहरूले मिस नेपाल प्रतियोगितामा सहभागिता जनाए पनि उपाधि जित्न सफल भएका थिएनन्। त्यस अर्थमा ढकालको सफलता ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

उनको विजयले नेपालभित्र मात्र होइन, विदेशमा रहेका नेपाली समुदायमा पनि उत्साह थपेको छ। सामाजिक सञ्जालमा शुभकामना र बधाईको ओइरो लागेको छ भने गैरआवासीय नेपाली समुदायले यस उपलब्धिलाई नेपाली प्रतिभाको अन्तर्राष्ट्रिय पहिचानसँग जोडेर व्याख्या गरेका छन्।

मिस नेपालको ताजसँगै ढकालले अब विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। साथै, महिला सशक्तीकरण, सामाजिक नेतृत्व र नेपाली समुदायको विश्वव्यापी पहिचान प्रवर्द्धनका क्षेत्रमा पनि उनको भूमिका अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Published Date: 02 August 2026
Website | + posts




















ताजा
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक