अमेरिकाको भिसा नियम कडा: नेपालीले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

अमेरिकाको भिसा नियम कडा: नेपालीले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने : Icon Khabar

काठमाडौं, साउन १७ । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरेको ‘भिसा धरौटी’ प्रणालीलाई स्थायी बनाउने निर्णय गरेको छ।

नयाँ व्यवस्थाअनुसार अमेरिका भ्रमण वा व्यापारका लागि बी–१ र बी–२ भिसा आवेदन दिने नेपाली नागरिकले भिसा प्राप्त गर्नुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ। यो रकम नेपाली रुपैयाँमा करिब ३० लाख रुपैयाँसम्म पर्न सक्छ।

यसअघि परीक्षणका क्रममा ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी तोक्न सकिने व्यवस्था थियो। नयाँ नियममा भने ५ हजार डलरको विकल्प हटाइएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अस्वीकृत भएमा वा भिसाको अवधि सकिनुअघि नियमअनुसार अमेरिका छाडेमा धरौटी रकम फिर्ता गरिनेछ।

अमेरिकाले भिसा ओभरस्टे नियन्त्रण गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको जनाएको छ। नेपालसँगै दक्षिण एसियाका बंगलादेश र भुटान पनि यो सूचीमा परेका छन्।

Published Date: 02 August 2026
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक