बिहिबार पनि नेप्से परिसूचकमा गिरावट

बिहिबार पनि नेप्से परिसूचकमा गिरावट : Icon Khabar

काठमाडौँ, साउन १४ । कारोबारको चौथो दिन बिहीबार पनि सेयरबजार परिसूचक नेप्से ओरालो लागेको छ । आज नेप्से १६.२९ अंकले घटेर २ हजार ६७२.५८ विन्दुमा कायम भएको छ । आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स् पनि २.३१ विन्दुले घटेको छ । आज सेयरबजारमा ३३७ कम्पनीका सेयर कारोबार भएका छन् ।

यी मध्ये ५९ कम्पनीका सेयरमूल्य बढेका छन् भने २०६ कम्पनीका सेयरमूल्य घटेका छन् । बाँकी ११ कम्पनकिा सेयरमूल्य भने स्थिर रहेका छन् । आज कुल ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर ४४ हजार ६५१ कारोबारबाट ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाामा किनबेच भएको छ । कारोबार रकम बुधबारको तुलनामा १६ प्रतिशतले कमी हो । बुधबार ४ अर्ब २ करोड ९३ लाख ३१ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएका थिए । आज सेयरबजारमा सूचीकृत सबै समूहका परिसूचक ओरालो लागेका छन् ।

सबैभन्दा धेरै जलविद्युत समूहको परिसूचक १.२० प्रतिशतले घटेको छ । एभरेष्ट कलर लिमिटेडको सकारात्मक सर्किट लागेको छ । यस्तै, सेन्ट्रल फाइनान्स कम्पनी, सुभम पावर लिमिटेड, तारागाउँ रिजेन्सी होटेल तथा एनएमवी हाइव्रीड फण्डका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने कालिञ्चोक हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर, ग्लोबल आइएमई समुन्नत योजना तथा रिज लाईन इनर्जीका सेयरधनी रहेका छन् । कारोबार रकमका आधारमा रिलायन्स् स्पिनिङ मिल्स् अग्र स्थानमा रहेको छ । यो कम्पनीका २४ करोड ३८ लाख ४३ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएका छन् । यस्तै, सेयर कारोबार संख्याको आधारमा खानीखोला हाइड्रोपावर पहिलो स्थानमा छ । यो कम्पनीको ३ लाख ५४ हजार ७६५ कित्ता सेयर कारोबार भएका छन् ।

Published Date: 30 July 2026


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु