नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न

नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न : Icon Khabar

भक्तपुर, साउन १४ । भक्तपुर–१ की प्रतिनिधिसभा सदस्य गङ्गालक्ष्मी अवालले नगरकोटस्थित महादेव खोलाबाट माछा, भ्यागुता तथा माटो मिसिएको दूषित पानी भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका विभिन्न वडामा वितरण भइरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै सांसद अवालले खानेपानीजस्तो संवेदनशील विषयमा समेत उपभोक्ताको स्वास्थ्यलाई बेवास्ता गरिएको भन्दै सम्बन्धित निकायप्रति गम्भीर प्रश्न उठाएकी छन्।

उनका अनुसार स्थानीयवासीले पानीको गुणस्तर सुधार गर्न तथा आवश्यक फिल्टर प्रणाली जडान गर्न केयूकेएल भक्तपुरसँग पटक–पटक आग्रह गर्दै डीपीआर तयार गर्नसमेत अनुरोध गरेका थिए। तर स्थानीयको मागप्रति केयूकेएल भक्तपुरले गम्भीरता नदेखाएको उनले बताइन्।

सांसद अवालले माछा, भ्यागुता र माटोसहितको पानी प्रशोधन तथा पर्याप्त शुद्धीकरणबिना सर्वसाधारणको घरसम्म पुग्नु गम्भीर जनस्वास्थ्यको विषय भएको बताउँदै तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गरिन्।

उनले केयूकेएल भक्तपुरलाई स्थानीयको गुनासो तत्काल सम्बोधन गर्न, पानीको गुणस्तर परीक्षण गर्न, आवश्यक फिल्टर तथा प्रशोधन प्रणालीको व्यवस्था गर्न र दीर्घकालीन समाधानका लागि डीपीआर तयार गरी कार्यान्वयन गर्न आग्रह गरिन्।

भक्तपुरका नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खानेपानीको विषयमा केयूकेएल भक्तपुरको जवाफदेहिता र तत्काल ठोस कार्ययोजना आवश्यक रहेको सांसद अवालको भनाइ छ।

Published Date: 30 July 2026
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक