नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न

नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न : Icon Khabar

भक्तपुर, साउन १४ । भक्तपुर–१ की प्रतिनिधिसभा सदस्य गङ्गालक्ष्मी अवालले नगरकोटस्थित महादेव खोलाबाट माछा, भ्यागुता तथा माटो मिसिएको दूषित पानी भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका विभिन्न वडामा वितरण भइरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै सांसद अवालले खानेपानीजस्तो संवेदनशील विषयमा समेत उपभोक्ताको स्वास्थ्यलाई बेवास्ता गरिएको भन्दै सम्बन्धित निकायप्रति गम्भीर प्रश्न उठाएकी छन्।

उनका अनुसार स्थानीयवासीले पानीको गुणस्तर सुधार गर्न तथा आवश्यक फिल्टर प्रणाली जडान गर्न केयूकेएल भक्तपुरसँग पटक–पटक आग्रह गर्दै डीपीआर तयार गर्नसमेत अनुरोध गरेका थिए। तर स्थानीयको मागप्रति केयूकेएल भक्तपुरले गम्भीरता नदेखाएको उनले बताइन्।

सांसद अवालले माछा, भ्यागुता र माटोसहितको पानी प्रशोधन तथा पर्याप्त शुद्धीकरणबिना सर्वसाधारणको घरसम्म पुग्नु गम्भीर जनस्वास्थ्यको विषय भएको बताउँदै तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गरिन्।

उनले केयूकेएल भक्तपुरलाई स्थानीयको गुनासो तत्काल सम्बोधन गर्न, पानीको गुणस्तर परीक्षण गर्न, आवश्यक फिल्टर तथा प्रशोधन प्रणालीको व्यवस्था गर्न र दीर्घकालीन समाधानका लागि डीपीआर तयार गरी कार्यान्वयन गर्न आग्रह गरिन्।

भक्तपुरका नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खानेपानीको विषयमा केयूकेएल भक्तपुरको जवाफदेहिता र तत्काल ठोस कार्ययोजना आवश्यक रहेको सांसद अवालको भनाइ छ।

Published Date: 30 July 2026


ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो
देशभर मनसुनी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु