बिहिबार सुनको मूल्य बढ्यो

बिहिबार सुनको मूल्य बढ्यो : Icon Khabar

काठमाडौँ, साउन १४ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ८ सय रुपैयाँले बढी हो।

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ रहेको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ रहेको थियो।

यता, चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३२० रुपैयाँ रहेको थियो।

Published Date: 30 July 2026