भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु

भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु : Icon Khabar

भक्तपुर, असार ६ । सिथि नखः पर्वको अवसरमा भक्तपुर नगरपालिका वडा नं. २ स्थित नःपुखु परिसरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला आजदेखि सुरु भएको छ। भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना, भक्तपुर पर्यटन विकास समितिको सहकार्य तथा गो लोकल अभियानको संयोजनमा आयोजित मेलाको उद्घाटन भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले गरेका छन्।

आयोजकका अनुसार यो मेला १५औँ संस्करण हो। मेलामा भक्तपुरका मौलिक तथा परम्परागत उत्पादनहरू जस्तै जुजुधौ, भादगाउँले टोपी, काष्ठकला, हस्तकला, नेवारी कपडा, अचार, नेपाली कपडा लगायतका सामग्रीका स्टल राखिएका छन्। साथै नेवारी परिकार, योमरी, च्याउका विभिन्न परिकार तथा स्थानीय खानाका स्टलसमेत समावेश छन्।

करिब ४० वटा स्टल रहेको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। मेलामा उत्कृष्ट स्टल सजावट तथा व्यवसायिक प्रस्तुतीका आधारमा दुई स्टललाई पुरस्कृत गरिने आयोजकले जनाएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन तथा उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा प्रवेश निःशुल्क रहेको छ। मेला असार ७ गतेसम्म सञ्चालन हुनेछ।

Published Date: 20 June 2026




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न