सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ

सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ : Icon Khabar

भक्तपुर, असार ६ । सिथि नखःको अवसरमा लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भक्तपुर नगरको ऐतिहासिक सम्पदा कालदह क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष राजन जतिले सहकारी संस्था समुदायमा आधारित भएकाले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए। उनले लोकेश्वर साकोसले स्थापनाकालदेखि वित्तीय कारोबारसँगै स्वास्थ्य शिविर, सीपमूलक तालिम, सांस्कृतिक प्रशिक्षण तथा सम्पदास्थल सरसफाइजस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

कार्यक्रममा संस्थापक अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य श्यामसुन्दर माताँले ‘एक सहकारी, एक सम्पदा’ अभियानअन्तर्गत गरिएको सरसफाइ कार्यको प्रशंसा गर्दै सामाजिक संघसंस्था तथा विद्यालयहरूले पनि यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने बताए।

सरसफाइ कार्यक्रममा संस्थाका विभिन्न समिति, उपसमितिका पदाधिकारी, कर्मचारी तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

Published Date: 20 June 2026




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न