स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न

स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न : Icon Khabar

भक्तपुर, असार ६ । स्काउट दिवस २०८३ को अवसरमा मनोरम बोर्डिङ स्कुल, कटुन्जे–५, भक्तपुर अन्तर्गत रहेको मनोरम स्काउट ट्रुपद्वारा आयोजित सचेतनामूलक स्काउट र्‍याली सम्पन्न भएको छ।

विद्यालय परिसरबाट सुरु भएको र्‍याली कटुन्जे–५ क्षेत्र, सूर्यविनायक नगरपालिका भवन, सुशिला भैरव मन्दिर हुँदै चक्रपाणि चोकसम्म पुगेको थियो। कार्यक्रममा स्काउट तथा गाइड विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

र्‍यालीका क्रममा सहभागीहरूले अनुशासन, सेवा, नेतृत्व, राष्ट्रप्रेम, सामाजिक उत्तरदायित्व तथा वातावरण संरक्षणसम्बन्धी सन्देश लेखिएका प्लेकार्ड र नारासहित स्थानीय समुदायमा जनचेतना फैलाएका थिए। स्काउट तथा गाइड विद्यार्थीहरूले समाजप्रति उत्तरदायी नागरिक बन्ने प्रेरणादायी सन्देश प्रवाह गर्दै स्काउटको मूल भावनालाई व्यवहारमा उतारेका थिए।

विद्यालयका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मअनुशासन, सहकार्य, नेतृत्व क्षमता तथा सामाजिक सेवाप्रतिको समर्पण विकास गर्न महत्वपूर्ण भूमिका खेल्छन्। स्थानीय बासिन्दाले समेत र्‍यालीको स्वागत गर्दै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण स्काउट तथा गाइड सदस्य, शिक्षक तथा विद्यालय परिवारप्रति आभार व्यक्त गरिएको छ। मनोरम बोर्डिङ स्कुलले आगामी दिनहरूमा पनि यस्ता सामाजिक, शैक्षिक तथा समुदायमुखी गतिविधिहरूलाई निरन्तरता दिने जनाएको छ।

Published Date: 20 June 2026




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न