मुनोजको शानदार गोल, उज्बेकिस्तानविरुद्ध कोलम्बियाको पहिलो हाफमै अग्रता

मुनोजको शानदार गोल, उज्बेकिस्तानविरुद्ध कोलम्बियाको पहिलो हाफमै अग्रता : Icon Khabar

काठमाडौँ, असार ४ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा कोलम्बियाले उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ।

मेक्सिकोको अज्टेका स्टेडियममा जारी खेलमा कोलम्बियाका डानिएल मुनोजले ४०औँ मिनेटमा गोल गर्दै टोलीलाई महत्त्वपूर्ण अग्रता दिलाएका हुन्।

लुइस डियाजको उत्कृष्ट पासलाई मुनोजले वान–टच फिनिसिङमार्फत जाली चुमाउँदै दर्शकलाई रोमाञ्चित बनाए।

पहिलो हाफभर दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि कोलम्बियाले सिर्जना गरेको अवसरको उत्कृष्ट सदुपयोग गर्दै अग्रता कायम राख्न सफल भएको छ। अब दोस्रो हाफमा उज्बेकिस्तान पुनरागमनको प्रयासमा हुनेछ।

Published Date: 18 June 2026
Website | + posts




















ताजा
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ७ अर्ब ४३ करोड रुपैयाँ नाघ्यो
आज बुधबारको राशिफल
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक