एसईईको नतिजा बैशाख महिनाभित्रै सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा बैशाख महिनाभित्रै सार्वजनिक गर्ने तयारी : Icon Khabar

काठमाडौँ, वैशाख २२ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बैशाख महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। बोर्डका अनुसार अंक प्रविष्टि तथा मिलान कार्य सम्पन्न भइसकेको छ र आजदेखि नतिजा तालिकीकरण प्रक्रिया सुरु गरिएको छ।

यससँगै, सबै काम समयमै सम्पन्न भएमा नतिजा बैशाखभित्रै प्रकाशित हुने अपेक्षा गरिएको छ।

Published Date: 05 May 2026