समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न निर्देशन

समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न निर्देशन : Icon Khabar

काठमाडौं, वैशाख २२ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीबाट कर्जा लिएर नतिरेका ऋणीलाई समयमै भुक्तानी गर्न निर्देशन दिएको छ ।

समितिले सूचना जारी गर्दै समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जाको साँवा, ब्याज र हर्जाना भुक्तानी गर्न भनेको हो ।

समितिले सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएका सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि कर्जा भुक्तानी गर्न ऋणीलाई निर्देशन दिएको हो ।

त्यस्तै समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, जमानीहरूले समितिको कार्यालयमा सम्पर्क गर्न समेत निर्देशन दिएको छ ।

समस्याग्रस्त सहकारीबाट संस्थाबाट लिएको कर्जाको साँवा, ब्याज र हर्जाना भुक्तानी नगरे धारा, बत्ती, सिफारिस आदि सार्वजनिक सेवा बन्द हुनेसमेत समितिले सचेत गराएको छ ।

त्यसैगरी समयमा कर्जा भुक्तानी नगर्ने र समितिको सम्पर्कमा नआउने ऋणी वा सञ्चालकको नाम सार्वजनिकीकरण, कालोसूचीमा समावेश, सम्पत्ति लिलाम र कैद एवं जरिबाना सजाय समेत भोग्नुपर्ने समितिले जनाएको छ ।

समिति मातहत हाल २० वटा सहकारी संस्था छन् । ती संस्थाबाट ६२ हजार बचतकर्ताले करिब ४० अर्ब बचत फिर्ता माग गर्दै समितिमा आवेदन दिएका छन् ।

Published Date: 05 May 2026
Website | + posts




















ताजा
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ७ अर्ब ४३ करोड रुपैयाँ नाघ्यो
आज बुधबारको राशिफल
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक