सूर्यविनायक नगरपालिकामा “प्रशिक्षक प्रशिक्षण तालिम” सम्पन्न

सूर्यविनायक नगरपालिकामा “प्रशिक्षक प्रशिक्षण तालिम” सम्पन्न : Icon Khabar

भक्तपुर, वैशाख २० । सूर्यविनायक नगरपालिकाको आयोजना तथा संवाद सहजिकरण तथा मेलमिलाप केन्द्रको सहकार्यमा सञ्चालन गरिएको मेलमिलाप सम्बन्धी “प्रशिक्षक प्रशिक्षण तालिम” सफलतापूर्वक सम्पन्न भएको छ।

नगरपालिकाका विभिन्न वडाबाट सहभागी प्रशिक्षार्थीहरूको सक्रिय सहभागिताले तालिम प्रभावकारी बनेको आयोजकले जनाएको छ। तालिममार्फत सहभागीहरूलाई प्रभावकारी संवाद, विवाद समाधान तथा मेलमिलाप प्रक्रियासम्बन्धी सीप प्रदान गरिएको थियो।

यस तालिमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ। साथै, प्रशिक्षित प्रशिक्षकहरूले आगामी दिनमा समुदायमा शान्ति, सहकार्य र आपसी समझदारी प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण सहभागी तथा सहकार्यकर्ताप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।

Published Date: 03 May 2026


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु