ऐन विपरीत दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव

ऐन विपरीत दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव : Icon Khabar

काठमाडौं, फागुन १० । राष्ट्रिय दुग्ध विकास बोर्डले ऐन विपरीत दूधको मूल्य बढाउन प्रस्ताव गरेको छ । दाना चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको भन्दै बोर्डले उपभोक्तालाई भार पर्नेगरी दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको हो ।

राष्ट्रिय दुग्ध विकास ऐन तथा नीति अनुसार दुई/दुई वर्षमा मात्रै बजार मूल्य समायोजन गर्न मिल्छ । तर, बोर्डले नै ऐन विपरीत दूधको मूल्य बढाउन प्रस्ताव गरिएको हो । बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादवले किसान, उद्योगी, बजारको अध्ययन गरेर अध्ययन समितिले दूधमा प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव सहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको बताए ।

यसअघि २०७८ माघ २८ मा दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो । मूल्यवृद्धिको कारण देखाउँदै डेरी उद्योग संघले गत पुस १६ मा एकलौटी रुपमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो । चौतर्फी विरोधपछि संघले मूल्यवृद्धि स्थगन गरेको थियो । लागत बढेकै कारण सरकारले २०७८ माघ २८ मा कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 February 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने