लगातार तेस्रो जितसँगै डिसिए फाइनलमा

लगातार तेस्रो जितसँगै डिसिए फाइनलमा : Icon Khabar

 धनगढी,  फागुन १० । लगातार तेस्रो जितसँगै धनगढी क्रिकेट एकेडेमी(डिसीए) भैरहवामा जारी खड्गप्रसाद गौचन यू–१९ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । डिसिएले बुधबार देवदह क्रिकेट एकेडेमीलाई २९३ रनको भारी अन्तरले पराजित गरेको हो ।

यसअघि डिसिएले बुटबलको न्यू होराइजन एकेडेमी र काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टरलाई पराजित गरेको थियो । देवदहसँग टस जितेर पहिले ब्याटिङ गरेको डिसिएले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर ३१५ रन बनाएको थियो । जवाफमा देवदहले १३.३ ओभरमा सबै विकेट गुमाएर २३ रनमात्रै बनाउँन सक्यो । देवदहका सवोत्तम सुनारले ८ रन बनाउँनुबाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन । डिसिएका सौर्य श्रेष्ठले ७ विकेट लिए । उनले ६.१ ओभरमा १ ओभर मेडन राख्दै १० रनमात्रै खर्चिएर उत्कृष्ट बलिङ गरेका थिए ।

यस्तै निरज ऐरले २ विकेट लिए । उनले ७ ओभरमा २ ओभर मेडन राख्दै १२ रनमात्रै खर्चिएका थिए । त्यसअघि डिसिएका निशान रेग्मीले ११३ रनको शतकीय पारी खेलेका थिए । उनले १०१ बलमा उक्त पारी खेलेका हुन् । त्यसबाहेक अजय कडालले ६३ रन जोडे । खेलको म्यान अफ द म्याच डिसिएका निशान रेग्मी भए । यस्तै ७ विकेट लिएका सौर्य श्रेष्ठले म्याच बल पाए ।

पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले सञ्चालन गरेको स्टार क्रिकेट एकेडेमीले भैरहवामा प्रतियोगिता आयोजना गरेको हो ।

Published Date: 22 February 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक