विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन

विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन : Icon Khabar

मुम्बई, चैत २९ । विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको छ। केही महिनादेखि अस्वस्थ रहेकी उनलाई मुटु र श्वासप्रश्वाससम्बन्धी समस्यापछि मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारकै क्रममा उनको निधन भयो।

७ दशकभन्दा लामो संगीत यात्रामा हजारौँ गीत गाएकी भोसलेले भारतीय तथा विश्व संगीतमा गहिरो छाप छोडेकी थिइन्। उनको निधनसँगै भारतीय संगीतले एक महत्वपूर्ण युग गुमाएको छ। परिवारका अनुसार उनको अन्त्येष्टि सोमबार गरिनेछ।

सन् १९३३ मा जन्मिएकी उनले सानै उमेरदेखि गायन सुरु गरी बलिउडमा आफ्नै पहिचान बनाएकी थिइन्। उम्राओ जान जस्ता फिल्ममार्फत गजल गायनमा समेत उत्कृष्टता देखाएकी उनी लता मंगेस्करसँग तुलना गरिने अग्रणी गायिकामध्ये एक थिइन्।

Published Date: 12 April 2026


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड