प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना

प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना : Icon Khabar

काठमाडौँ, चैत २९ । प्रसिद्ध भारतीय गायिका आशा भोस्लेलाई अस्पताल भर्ना गरिएको छ।

मुटुसम्बन्धी (कार्डियाक) र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि शनिबार उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको हो।

९२ वर्षीया भोस्ले पछिल्लो केही महिनादेखि अस्वस्थ रहँदै आएकी थिइन्। अस्पताल स्रोतका अनुसार अहिले उनको अवस्था गम्भीर रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

उनको स्वास्थ्य अवस्थाबारे परिवारले अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन। भारतीय संगीत क्षेत्रकी दिग्गज गायिका भोस्लेले ८ दशकभन्दा लामो करिअरमा हजारौं गीत गाएकी छन्।

उनले थुप्रै कालजयी र सुमधुर नेपाली गीतमा समेत स्वर दिएकी छन्।

Published Date: 12 April 2026


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड