आइतबार नेप्से परिसूचक ४.४५ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ४.४५ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, चैत १ । साताको पहिलो दिन आइतबार सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । आज नेप्से ४.४५ अंकले बढेर २ हजार ८२४.९० विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३५० कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १२४ कम्पनीका सेयरमूल्य बढेका छन् भने १३० कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

कुल ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर १४ अर्ब ३२ करोड ९६ लाख चार हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम गत विहीबारको तुलनामा १.५३ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचीकृत समूहगत पसिरसूचकमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्त, जलविद्युत, उत्पादनशील, लघुवित्त, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् ।

सबैभन्दा धेरै व्यापर समूहको परिसूचक २.८३ प्रतिशतले बढेको छ । यस्तै, होटेल तथा पर्यटन, लगानी, जीवन बीमा तथा म्युचुअल फण्ड समूहका परिसूचक भने ओरालो लागेका छन् । सोलु हाइड्रोपावर लिमिटेड,सालपा विकास बैंक तथा होटेल फरेष्ट इनका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने दरमखोला हाइड्रो इजर्नी, खानीखोला हाइड्रोपावर कम्पनी तथा सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किमका लगानीकर्ता रहेका छन् ।

Published Date: 15 March 2026


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा