ओपोको नेपालमा ओपो ए६ स्मार्टफोन सार्वजनिक

ओपोको नेपालमा ओपो ए६ स्मार्टफोन सार्वजनिक : Icon Khabar

काठमाडौं, चैत १ । ओपोले नेपालमा ओपो ए६ स्मार्टफोन सार्वजनिक गरेको छ।

लामो ब्याट्री लाइफ, आकर्षक डिस्प्ले र मजबुत डिजाइनलाई प्राथमिकता दिने प्रयोगकर्तालाई लक्षित गरी यो स्मार्टफोन ल्याइएको हो । यसमा ७०००एमएएच क्षमताको ब्याट्री रहेको छ जसलाई ४५डब्लु फास्ट चार्जिङले समर्थन गर्दछ, जसले प्रयोगकर्तालाई लामो समयसम्म प्रयोग गर्न र छिटो चार्ज गर्न सहयोग पुर्‍याउँछ।

साथै, यसमा १२०एचजेड एमोलेड अल्ट्रा–ब्राइट डिस्प्ले रहेको छ जसको अधिकतम ब्राइटनेस ११२५ निट्स सम्म पुग्छ, जसले स्मुथ भिजुअल अनुभव र बाहिरी उज्यालोमा पनि स्पष्ट दृश्य प्रदान गर्दछ।

यसको अर्को प्रमुख विशेषता अन्डरवाटर फोटोग्राफी तथा भिडिओग्राफी क्षमता हो, जसलाई आइपी६९ वाटर तथा डस्ट रेसिस्टेन्सले सपोर्ट गर्दछ।

यसले प्रयोगकर्तालाई पानीभित्र समेत फोटो तथा भिडिओ खिच्न सक्षम बनाउँछ। नेपालमा यो स्मार्टफोन ८जिबी+२५६जिबी भेरियन्टमा ३८ हजार ९९९ रूपैयाँ मूल्यमा उपलब्ध रहेको छ ।

यसमा ४० प्रतिशत डाउन पेमेन्टसहित शून्य प्रतिशत इएमआई सुविधा पनि प्राप्त गर्न सकिनेछ।

साथै, ११ अप्रिल २०२६ भित्र खरिद गर्ने ग्राहकहरूले एक्सटेन्डेड वारेन्टी समेत प्राप्त गर्नेछन्। यो स्मार्टफोन साफायर ब्लू (निलो) र अरोरा गोल्ड गरी दुई रंगमा उपलब्ध रहेको छ ।

११२५ निट्स पिक ब्राइटनेसका कारण तेज घाममा पनि स्क्रिन स्पष्ट देख्न सकिन्छ, जसले बाहिरी प्रयोगलाई सहज बनाउँछ।

ओपो ए६ मा ५०एमपी एआई मेन क्यामेरा रहेको छ, जसले विभिन्न प्रकाश अवस्थाहरूमा समेत विस्तृत तथा स्पष्ट फोटो खिच्न सक्षम बनाउँछ। अन्डरवाटर फोटोग्राफी तथा भिडिओग्राफी सुविधाले पानीभित्र वा वर्षाका समयमा पनि विशेष क्षणहरू कैद गर्न मद्दत गर्दछ भने आइपी६९ रेटिङले पानी र धुलोबाट थप सुरक्षा प्रदान गर्दछ।

Published Date: 15 March 2026