पितृशोकमा रहेका ओलीलाई भेट्न प्रधानमन्त्री कार्की भक्तपुरस्थित निवासमा

पितृशोकमा रहेका ओलीलाई भेट्न प्रधानमन्त्री कार्की भक्तपुरस्थित निवासमा : Icon Khabar

भक्तपुर, चैत १ । पितृशोकमा रहनुभएका केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की आइतबार भक्तपुरस्थित ओली निवास पुगेकी छन्।

प्रधानमन्त्री कार्कीले ओलीका बुवा मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेकी हुन्। उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिन्।

ओलीका बुवाको निधनपछि विभिन्न राजनीतिक दलका नेताहरू, शुभेच्छुक तथा आफन्तजनले भक्तपुरस्थित निवास पुगेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

यसअघि पनि विभिन्न दलका नेता तथा कार्यकर्ताले ओली परिवारलाई समवेदना व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

Published Date: 15 March 2026


ताजा
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु