भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता

ऐतिहासिक सम्पदाले भरिएको क्षेत्रमा यस्ता गतिविधि नियन्त्रण गर्न माग

भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता : Icon Khabar

भक्तपुर, फागुन २९ । भक्तपुर दरबार क्षेत्र आसपास बिहे–समारोहका नाममा जन्ती आइ पटाका पड्काउने क्रम बढेपछि स्थानीयवासीले गुनासो गर्न थालेका छन्। विशेष गरी टौमढि क्षेत्रका बासिन्दाले पछिल्ला दिनहरूमा बारम्बार पटाका पड्काइँदा घर नै थर्किने गरी ध्वनि हुने भन्दै चिन्ता व्यक्त गरेका छन्।

स्थानीयका अनुसार दरबार क्षेत्र, र दत्तात्रय स्क्वायर हुँदै जाने बिहे समारोहका सहभागीहरूले कहिले बेलुका ८ बजे त कहिले १०/११ बजेसम्म पटाका पड्काउने गरेका छन्। “हामी टौमढि क्षेत्रमा बस्नेहरूलाई दुई–तीन दिनको फरकमा घर थर्किने गरी पटाका पड्काएको सहेर बस्नुपरेको छ,” एक स्थानीयले भने, “यसले निकै ठूलो ध्वनि प्रदूषण मात्र होइन, वायु प्रदूषण पनि बढाएको छ।”

स्थानीयवासीले दरबार क्षेत्रमा यति ठूलो आवाजमा पटाका पड्काउन कसले अनुमति दिएको हो भन्ने प्रश्न उठाएका छन्। उनीहरूका अनुसार बिहे समारोह पटाका नपड्काई पनि गर्न सकिन्छ, र गर्नै परे आफ्नै घर अगाडि वा उपयुक्त स्थानमा गर्न सकिने बताएका छन्।

“हरेक पटक बिहे समारोहका सहभागीहरू टौमढिमै आएर पटाका पड्काउनु आवश्यक छैन,” स्थानीयले भने। ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको दरबार क्षेत्र आसपास यसरी पटक–पटक ठूलो आवाजमा पटाका पड्काउँदा ध्वनि प्रदूषण र वायु प्रदूषण बढ्नुका साथै सम्पदामा समेत क्षति पुग्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।

स्थानीयले ऐतिहासिक सम्पदाले भरिएको क्षेत्रमा यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायले आवश्यक ध्यान दिनुपर्ने माग गरेका छन्।

Published Date: 13 March 2026


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु