बुधबार नेप्से परिसूचक १.६४ अंकले घट्यो

बुधबार नेप्से परिसूचक १.६४ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, माघ २० । साताको चौथो कारोबार दिन सेयरबजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । बुधबार नेप्से १.६४ अंकले घटेर २ हजार ६८१.५० विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३२६ कम्पनीका सेयर कारोबार भएका छन् ।

यी मध्ये ११३ कम्पनीका सेयरमूल्यमा सुधार आएको छ भने १३४ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज कुल १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम मंगलबारको तुलनामा १३ प्रतिशतले कमी हो ।

आज सेयरबजारमा सूचीकृत समूहगत परिसूचक मध्ये विकास बैंक, वित्त, होटेल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा,लगानी तथा व्यापार समूहको परिसूचक बढेका छन् । वाणिज्य बैंक, जीवन बीमा, उत्पादनशील, लघुवित्त, म्युचुअल फण्ड तथा अन्य समूहको परिसूचकमा भने गिरावट आएको छ ।

कालिञ्चोक दर्शन लिमिटेड, सुपर माइ हाइड्रोपावर तथा सुपर मादी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने एचएलआइृ लार्ज क्याप फण्ड, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड तथा गुराँस लघुवित्त वित्तीय संस्थाका सेयरधनी रहेका छन् ।

Published Date: 04 February 2026


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी