काठमाडौं, पुस ९ । आर्सनलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ।
आर्सनलका गोलकिपर केपा अरिजाबालागा टोलीको जितको नायक बने। निर्धारित समय १-१ को बराबरीमा खेल टुंगिएको थियो। पेनाल्टी सुटआउटमा आर्सनल ८-७ ले विजयी भएको थियो।
खेलको ८०औँ मिनेटमा क्रिस्टल प्यालेसका म्याक्सेन्स लाक्रोइक्सबाट आत्मघाती गोल भएपछि आर्सनलले अग्रता लिएको थियो। तर इन्जुरी समयको पाँचौँ मिनेटमा प्यालेसका मार्क गेहीले गोल गर्दै खेल बराबरीमा ल्याए।
खेलको अन्तिम क्षणमा आर्सनलका डेक्लान राइसले जितको अवसर पाए पनि प्यालेसका गोलकिपर वाल्टर बेनिटेजले उत्कृष्ट बचाउ गरे।
निर्धारित समय बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गयो। सुटआउटमा गोलकिपर अरिजाबालागाले लाक्रोइक्सको निर्णायक पेनाल्टी बचाउँदै आर्सनललाई जित दिलाए। अब फाइनल पुग्नका लागि आर्सनलले लन्डनकै अर्को टोली चेल्सीको सामना गर्नेछ।–एजेन्सी
Published Date: 24 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news