आर्सनल लिग कपको सेमिफाइनलमा

आर्सनल लिग कपको सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, पुस ९ । आर्सनलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ।

आर्सनलका गोलकिपर केपा अरिजाबालागा टोलीको जितको नायक बने। निर्धारित समय १-१ को बराबरीमा खेल टुंगिएको थियो। पेनाल्टी सुटआउटमा आर्सनल ८-७ ले विजयी भएको थियो।

खेलको ८०औँ मिनेटमा क्रिस्टल प्यालेसका म्याक्सेन्स लाक्रोइक्सबाट आत्मघाती गोल भएपछि आर्सनलले अग्रता लिएको थियो। तर इन्जुरी समयको पाँचौँ मिनेटमा प्यालेसका मार्क गेहीले गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको अन्तिम क्षणमा आर्सनलका डेक्लान राइसले जितको अवसर पाए पनि प्यालेसका गोलकिपर वाल्टर बेनिटेजले उत्कृष्ट बचाउ गरे।

निर्धारित समय बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गयो। सुटआउटमा गोलकिपर अरिजाबालागाले लाक्रोइक्सको निर्णायक पेनाल्टी बचाउँदै आर्सनललाई जित दिलाए। अब फाइनल पुग्नका लागि आर्सनलले लन्डनकै अर्को टोली चेल्सीको सामना गर्नेछ।–एजेन्सी

Published Date: 24 December 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी